रौतहटको गौरमा पूर्वप्रधानमन्त्री नेपालद्वारा घन्टाघरको शिलान्यास

एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको सदरमुकाम गौरमा घन्टाघरको शिलान्यास गरेका छन् । बिहीबार एक समारोहकाबीच नेता नेपाल र गौर नगरपालिकाका मेयर म्भु साहले बिपि चौकमा संयुक्त रुपमा घन्टाघरको शिलान्यास गरेका हुन्।
उक्त अवसरमा नेता नेपालका साथै प्रदेश सांसद तथा नेपाली कांग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादव ,प्रदेश सांसद नागेन्द्र साह,पुर्व सांसद रामकुमार भट्टराई लगायतको उपस्थिति रहेकोे थियो । गौर नगरपालिकाको कुल एक करोड ४६ लाखको लागतमा बिपि स्मारक तथा घन्टाघर निर्माण गर्न लागिएको हो । निर्माण दुई वर्षमा सम्पन्न हुने गौर नगरपालिकाले जनाएको छ।