तनावमा उपेन्द्र यादव – Madhesh Update

तनावमा उपेन्द्र यादव

   September 20, 2021  

पुरै जोडवल गरेर सतागठबन्धन देखि काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफुसरकारमा जान नपाउदा तनावमा देखिएका छन । जसपा नेपालले पछिल्लो समय प्रधानमन्त्री देउवाप्रति असन्तुष्टि राख्दै दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने ‘बटमलाइन’ अघि सारेको छ।

जसपाभित्र मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीकै चाहनाले महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र यादवको पक्षमा केही सांसद आएका थिए। अहिले यादवले सरकारमा मन्त्री सिफारिस गर्दा पार्टीभित्र असन्तुष्टि चुलिने र पार्टी फुट्न सक्ने सम्मको आकलन गरेका छन्। सरकारले एमाले विभाजन गर्न ल्याएको अध्यादेश कायमै रहे पार्टी फुट्ने भय जसपामा छ। अध्यादेश निष्कृय नभई मन्त्रीपरिषद् विस्तार गरेमा पार्टी फुट्ने त्रास यादवमा रहेको उनी निकटस्थ नेताहरू बताउँछन्।

यादव नेतृत्वको जसपा नेपालभित्र फेरि फुटको सम्भावना बढेको हो ? नेताहरु औपचारिक रूपमा यसबारेमा प्रतिक्रिया दिन मान्दैनन्। तर उनीहरु अध्यक्ष यादवले भने जस्तो अध्यादेशकै कारण सरकारमा सहभागी नभएको बताउनु आश्चर्यजनक भएको टिप्पणी गर्छन्।

सर्वोच्च अदालतको परमादेशलगत्तै २९ असारमा जसपा, माओवादी केन्द्र र माधव नेपालको सहयोगमा देउवा प्रधानमन्त्री बने। पहिलो चरणकै मन्त्रीमण्डल विस्तारको क्रममा देउवाले जसपाबाट पनि केही मन्त्री बनाउलान् भने धेरैको अपेक्षा थियो। तर देउवाले काँग्रेस र माओवादी केन्द्रबाट दुई–दुई जनालाई मात्रै मन्त्री दिए।

त्यसपछि बसेको जसपाको पदाधिकारी र सांसद्हरूको बैठकमा अध्यक्ष यादवमाथि प्रश्नहरू तेर्सिए। मौका पाइसकेकालाई सरकारमा नपठाउन यादवलाई सांसद्हरूले दबाब दिन थाले। उक्त दबाब उनै यादव लक्षित थियो।

पार्टीका सांसद्हररूले अध्यक्ष यादवलाई यो पटक सरकारमा नजान माग गरे। तर बैठकले अन्तमा सरकारमा जाने बारेमा सम्पूर्ण निर्णय गर्ने जिम्मा शीर्ष तीन नेतालाई दियो। अध्यक्ष यादव, संघींय परिषद् अध्यक्ष डा बाबुराम भटराई र वरिष्ठ नेता अशोक राईले उक्त जिम्मेवारी पाए।

एकै व्यक्तिलाई पटक–पटक अवसर दिएमा पार्टी नै विभाजन गर्नेसम्मको चेतावनी सोही बैठकमा केही नेताहरूले दिएको स्रोतको दाबी छ। नेता राजेन्द्र श्रेष्ठले पार्टी नै त्याग गर्ने सम्मको चेतावनी दिएको एक नेताले बताए।

इस्तीयाक राईदेखि महन्थ ठाकुर पक्षबाट आएका नेताहरूले पनि यादवलाई मन्त्री बन्न दबाब दिइरहेको बुुझिएको छ। यादबलाई मन्त्री बन्न जसपाभित्रका ४ समूहले दबाब दिइरहेको बताइन्छ।

एक पक्षले यादवलाई मन्त्री बनाउन लबिङ गर्ने र अर्को पक्षको पटक–पटक लाभ लिँदै आएका यादवलाई मन्त्री बनाउनै नहुने अडानका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको बहस हुन थालेको छ।

चारमध्ये एक समूह संघीय परिषद् भटराईसहित पूर्व नयाँ शक्ति तथा अशोक राई पक्षको व्याकअपअपमा राजेन्द्र श्रेष्ठले लिड गरिरहेका छन्। अन्य समूहमा इस्तीयाक राई, पूर्व राजपाको एउटा समूह र यादव पक्षकै प्रदेश दुईका केही नेताहरूको पनि एउटा समूह छन् जसपामा प्रदीप यादवदेखि रामसहाय यादवसम्म छन्।

यसरी हरेक समूहसँग भएको सांसद्हरूको संख्या नयाँ अध्यादेशअनुसार पार्टी फुटाउन पर्याप्त छ।