सरकारमा सहभागी हुुने वारे जसपा ठाकुर-महतो पक्षको अन्तिम तयारी – Madhesh Update

सरकारमा सहभागी हुुने वारे जसपा ठाकुर-महतो पक्षको अन्तिम तयारी

   June 3, 2021  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्ष वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा जुटेका छन । विहिवार प्रधानमन्त्री केपी ओली संग भेटेका जसपाका शिर्ष नेताहरु सम्भवतह अवको एक/दुुई दिनमै सरकारमा सहभागी हुने छ । सरकारमा सहभागीताको विषयमा सम्पुर्ण संवाद र तयारी गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको पनि खुलेको छ । सरकारमा कति ओटा मन्त्रालय, कुन मन्त्रालय र को-को सहभागीता हुने लगायतका विषयहरुको अन्तिम निर्णय अध्यक्ष ठाकुरले लिने बताइएको छ ।

गत फागुन देखि वर्तमान प्रधानमन्त्री केपी ओली संग लागातार संवादमा रहेको जसपाको ठाकुर-महतो पक्ष आफुुहरुको मुद्धाहरु सम्बोधन हुन थाले पछि सरकारमा जान तयार भएको बताएको छ ।

जसपाले उठाएको मागहरुको आधारमा वर्तमान ओली नेतृत्वको सरकारले मधेश आन्दोलनताका मुद्धाहरु फिर्ता गरेर नागरिता अध्यादेश ल्याएका छन । संविधान परिमार्जन गर्नका लागी कार्यदल समेत गठन भए पछि जसपाको ठाकुर र महतो पक्षमा पछिल्लो समयमा सरकारमै सहभागीताका लागी तयार भएको र त्यसको गृहकार्य भइरहेको बताएका छन ।

जसपाका नेता लक्ष्मणलाल कर्ण अवको एक/दुुई दिनमै सरकारमा सहभागी हुने गरि पार्टी भित्र तयारी भइरहेको खुुलाए । कर्णले यसको वारेमा थप केहि खुुलाएन । उनले अध्यक्ष ठाकुरले त्यसवारेमा प्रधानमन्त्री ओली संग कुरा गरिरहेको र त्यस पछि उहाले निर्णय लिने पनि बताउनुभयो ।

जसपामा संसदीय दलको नेता तथा वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी भइरहको बताइएको छ । प्रधानमन्त्री र जसपाका शिर्ष तहमा भएको संवादमा कुन कुन र कति ओटा मन्त्रालय लिएर सरकारमा जसपा जादै छन भने त्यो अहिले सम्म औपचारिक रुपमा कुनै पक्षले बताएका छैन । यद्यपी पुर्वमाओवादीले सम्हाल्दै आएका सात ओटा मन्त्रालय केहि दिन खाली भएको र ती सात ओटै मन्त्रालय सहित थप एक थरी आठ मन्त्रालय र दुुई राज्यमन्त्री सहित जसपा सरकारमा सहभागी हुुने बताइएको छ । केहि दिन अघि ठाकुरले एउटा टेलिभिजन अन्र्तवार्तामा ८ ओटा मन्त्रालय सहित सरकारमा जाने कुराकानी चलीरहेको खुुलाएका थिए ।