जसपा वरिष्ठ नेता महतोद्धारा आफनो निर्वाचन क्षेत्रमा कोभिड अस्पताल संचालन – Madhesh Update

जसपा वरिष्ठ नेता महतोद्धारा आफनो निर्वाचन क्षेत्रमा कोभिड अस्पताल संचालन

   May 20, 2021  

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफनो निर्वाचन क्षेत्रमा कोभिड अस्पताल संचालनमा ल्याउन लागेका छन । धनुुष निर्वाचन क्षेत्र नम्बर तीनवाट प्रत्यक्ष निर्वाचित जसपा नेता महतोले निर्वाचन क्षेत्रको सिमावर्ती पालिकामा उक्त कोभिड अस्पताल संचाचनमा ल्याउन लागेका हुन । नगराईन नगरपालिकाको गंगुलीमा रहेको मिथिला आयुर्वेद सेन्टरमा स्थानिय तह र प्रदेश सासंदको समेत सहभागीताका महतोले १५ वेडको कोभिड अस्पताल संचालानमा ल्याउने गृहकार्यलाई अन्तिम रुप दिएका छन ।

उक्त अस्पताल संचालनका लागी महतोले तत्काल २० लाख रुपैया आर्थिक सहयोग गरेका छन । यसमा यक्त क्षेत्रका प्रदेश सासद तथा नेपाली काग्रेसका स्थानिय नेता रामसरोज यादवले पनि १५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन ।

 

संचालनमा आउन लागेको कोभिड अस्पतालमा अहिले दुुई ओटा भेन्टिलेटरको समेत व्यवस्था गरिएको छ । आवश्यकता अनुसार अस्पतालमा वेड संख्या वढाउने पनि बताइएको छ ।

मिथला आयुर्वेदसेन्टरमा गत बर्ष सरकारी आइशोलेशन सेन्टर बनाइएको थियो ।