धनुषामा एक दलित परिवारमाथि कुटपिट – Madhesh Update

धनुषामा एक दलित परिवारमाथि कुटपिट

   September 8, 2020  

धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि कुटपिट भएको छ । विदेह नगरपालिका वडा नम्बर ३ स्थित गोबराहीका स्थानीय सवाई दासका श्रीमती, बुहारी लगायत घरमा रहेका वृद्धबृद्धा समेतलाई पूवप्रधानपञ्च हरी कुसियैतलगायतले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

सोमबार साँझ भएको सामान्य कुराकानीको क्रममा भएको विवादमा कुसियैत परिवारले दास परिवारमाथि घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित रामशरण दासले बताए । उनीहरुको कुटाईबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उपचारका लागि जनकपुरस्थित काव्य अस्पतालमा भर्ना गरिएको छ ।

कुसियैत परिवारले सामान्य विवाद भएपछि सदा परिवारको घरमै प्रवेश गरेर घरमा रहेकाहरु परिवारजनमाथि हातपात गरेको पीडित रामशरणको आरोप छ ।

कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरी चौकीमा पीडित परिवारले निवेदन दिएको छ ।

यता दुहबी प्रहरी चौकीका सई हिलम सिंह दनुवारले भने दुवै पक्ष बीच ज्यालाको विषयमा विवाद भएको र सो क्रममा कुटाकुट भएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।