काठमाडौको बुद्धनगरमा सैलुन सञ्चालक मृत भेटिए – Madhesh Update

काठमाडौको बुद्धनगरमा सैलुन सञ्चालक मृत भेटिए

   September 7, 2020  

काठमाडौं -१०, बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् ।

आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ ।

हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । उनले भने, ‘अब पोष्टमार्टमपछि नै विस्तृत कारण खुल्नेछ ।’

बाराको निजगढ स्थायी घर भएका ठाकुर एक दशकदेखि बुद्धनगरमा सैलुन चलाउँदै आएका थिए ।