प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार नजिक – Madhesh Update

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ११ हजार नजिक

   September 4, 2020  

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १६९ जना कोरोना संक्रमित थपिए संगै प्रदेशमा संक्रमितको संख्या ११ हजार नजिक पुगेको छ ।

शुक्रवार धनुषामा ३४ जना, महोत्तरीमा ४३ जना, सिरहामा १० जना, बारामा १९ जना, पर्सामा २६ जना, सप्तरीमा ३५ जना, सर्लाही र रौतहटमा १ /१ जना संक्रमित भेटिएका हुन्। यो संगै प्रदेश दुईमा संक्रमितको संख्या १० हजार ९ सय ७७ पुगेको छ ।

शुक्रवार भेटिएका मध्ये ३७ जना महिला रहेको समाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेश यादवले बताए।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशबाट उपचारपश्चात २१ महिलासहित १०५ जना कोरोना मुक्त भएर घर फर्केको वरिष्ठ चिकित्सक डा यादवले बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयामा बस्दै आएका भारत आन्ध्र प्रदेशका ६२ वर्षीय पुरुष र सप्तरीको राजविराज नगरपालिका ७ का ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ।