धनुषा र महोत्तरीका सरोकारवालाहरु संग मुख्यमन्त्रीको छलफल – Madhesh Update

धनुषा र महोत्तरीका सरोकारवालाहरु संग मुख्यमन्त्रीको छलफल

   September 1, 2020  

प्रदेश दुईमा फैलिएको कोराना संक्रमणको सन्दर्भमा मुऋयमन्त्री लालबाबु राउतले मंगलवार धनुषा र महोत्तरीको सरोकारवालाहरु संग छलफल गरेका छन । महोत्तरीको बर्दीबासमा आयोजना गरिएको छलफल कार्यक्रममा दुवै जिल्लाका अधिकारीहरु सहित प्रदेश सरकारका सरोकारवालाहरुकोउपस्थिती थियो ।

छलफलमा मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका लागि आठ वटै जिल्लाहरुबाट प्राप्त सुझावहरु यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु गरेका थिए । यस अघि मुख्यमन्त्रीले प्रदेशका अन्य ६ ओटा जिल्लाहरुका सरोकावालाहरु संग पनि यसैगरि छलफल गरेका थिए ।

अहिलेको महामारीको समयमा लामो गफ होइन काम गर्ने बेला रहेको बताउदै मुख्यमन्त्री राउतले भने -‘ जनता बाँचे पछि मात्र विकास गर्ने हो, अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै जुटौ ।

बर्दीवासमा संचालनमा आएको पिसिआर ल्याबमा समेत प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत मुख्यमन्त्रीले व्यक्त गरे । केहि दिन अघि बर्दीबास नगरपालिकाले पिसिआर परिक्षण सुरु गरेको थियो ।

बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साहले महामारी नियन्त्रणको लागी जनचेतना नै सबै भन्दा ठुलो हतियार बन्ने भएकोले त्यसमा जुटन आग्रह गरे । कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुर उपमहानगरका प्रमुख लालकिसोर साह, बर्दीवास नगरका प्रमुख विदुर कार्की, सोनमा गाउपालिकाका प्रमुख राजकुमार यादव सहितका सम्बोधन गरेका थिए ।

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नु पर्ने कदम बारे आ–आफनो प्रस्तुतीहरु राखेका थिए ।

यस अघि प्रदेश सरकारले सरोकारबालाहरु संग सुझाव लिन पर्सा र बाराको पथलैयामा, रौतटह र सर्लाहीको हरिवनमा , सप्तरी र सिरहाको लहानमा छलफल गरेको थियो ।

मंगलवारको छलफलमा कार्यक्रममा धनुषा र महोत्तरीका सुरक्षा अधिकारीहरु, अस्पताका मेसु सहितको उपस्थिति रहेको थियो ।