प्रदेश दुईमा कोरोना संक्रिमितको संख्या १० हजार नाध्यो – Madhesh Update

प्रदेश दुईमा कोरोना संक्रिमितको संख्या १० हजार नाध्यो

   August 30, 2020  

प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ।

आइतवारको पछिल्लो विवरण अनुसार आठ ओटा जिल्लामा थपिएको संक्रिमितहरुको संख्याले प्रदेशमा कोराना संक्रमणको संख्या १० हजार नाधेको छ । स्वास्थय मन्त्रालयको आइतवारको अपडेट अनुसार बारामा ८२, धनुषामा ७५, पर्सामा ४६, महोतरीमा ३७, सिरहामा २६, सर्लाहीमा ३४ र सप्तरीमा ६ जना संक्रमित थपिएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

यसैगरि आज प्रदेश दुईमा संक्रमणका कारण थप दुईको जनाको ज्यान समेत गएको छ ।

आज भेटिएका संकिमितहरु धनुषाको जनकपुरधाममा १२, ईलाका प्रहरी कार्यालयमा १, बन्दीपुरमा १, कृषि विकास बैँक मिल्स एरियामा १, स्वास्थ्य कार्यालयमा २, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको तुल्सीयाहि निकास हेल्थ पोष्टमा २, सिभिल बैँकका १, सोनामाईमा १, ट्राफिक प्रहरी कार्यालयका १, ईलाका प्रहरी कार्यालय हंसपुरका १, मुख्यमन्त्री कार्यालयका १, महेन्द्रनगरका १, गणेशमान चारनाथ नगरपालिकाका २, औरही गाउँपालिकाका ५, विदेह नगरपालिकाका २, हंसपुर नगरपालिकाको कठपुल्ला हेल्थ पोष्टका १४ र धनुषाधाम तथा मिथिला विहारी नगरपालिकामा घरभई सो पोष्टमा कार्यरत १÷१ जना, क्षिरेश्वरनाथ नगरपालिकाका १, नगराईन नगरपालिकाका १४, लक्ष्मीनियाँको बनिनियँ हेल्थ पोष्टका ५ र ठाउँ नखुजेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको जलेश्वरमा १, गौशालामा १, बर्दिबास नगरपालिकामा १६, औरही नगरपालिकामा १, बर्दिबासको साना किसान संस्थाका २, नबिल बैँकका ३, रामगोपालपुरका १, टिमकियाका १, लोहरपट्टी नगरपालिकाका ४, बलवा नगरपालिकाका १ र पिपरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।