सिरहा र सप्तरीका सरोकारवालाहरु संग मुख्यमन्त्रीको छलफल – Madhesh Update

सिरहा र सप्तरीका सरोकारवालाहरु संग मुख्यमन्त्रीको छलफल

   August 30, 2020  

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत कोरोनाको अवस्था, भइरहेको कामहरु र गर्नु पर्ने कामहरुको वारेमा सिरहा र सप्तरी जिल्लाका सरोकारवालहरु सग आक्ष्तवार छलफल गरेका छन । प्रदेशको आठ ओटै जिल्लाका सरोकारवालाहरु सग छलफल गर्न सूरु गरेका मुख्यमन्त्री राउत यस अघि पर्सा र बारा, रौतहट र सर्लाहीका सरोकारवालहरु पनि यसै गरि छलफल गरेका थिए ।

आइतवार सिरहाको लहानमा भएको छलफलमा मुख्यमन्त्री राउत सहित प्रदेश दुईको समाजिक स्वास्थय मन्त्री नवलकिशोर साह, प्रदेशका न्याधिवक्ता दिपेन्द्र झा सहित दुवै जिल्लाहरुका स्थानिय सरोकारवालाहरु सहभागी थिए ।

प्रदेश दुईका कोराना महामरी वढे सगै थप रणनिती बनाउन प्रदेश सरकारले सबै जिल्लाहरु सग छलफल गर्ने निर्णय गरेको थियो । प्रदेश दुईको विरगज र रौतहट, जनकपुर र सप्तरीमा समुदायमा स्तरमै कोराना फैलिसकेको आशंका भइरहेको छ । यद्यपी प्रदेश सरकारले स्थानिय तह र सघिय सरकार संग मिलेर कामहरु अघि वढीरहेको बताएका छन ।