प्रदेश २ मा बुधवार थपिए २४६ कोरोना संक्रमित – Madhesh Update

प्रदेश २ मा बुधवार थपिए २४६ कोरोना संक्रमित

   August 26, 2020  

प्रदेश २ मा बुधबार ६० जना महिलासहित २४६ कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा सर्लाहीमा ७१ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै धनुषामा ३३, महोत्तरीमा २०, सिरहामा २, बारामा ५३, पर्सामा ५४, र रौतहटमा १३ जनामा संक्रमण भेटिएको समाजिक विकास मन्त्रालय प्रदेश २ का बरिष्ट चिकित्सक डा कमलेश यादवले जानकारी दिए।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न अस्पताल तथा आइसोलेशनबाट उपचार पश्चात कोरोना मुक्त भएर ५ महिलासहित १२८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।