सिरहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र निमित्त प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

सिरहाको कल्याणपुर नगरपालिकाका उपमेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित उपमेयर यादव अहिले होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई सदरमुकाम सिरहा स्थिति चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई कोरोना पुष्टि भएपछि स्थानीय र नगरपालिकाका कर्मचारी त्रसित बनेका छन्। गत बिहिबार अधिकृत र उपमेयर मेयरसहित एकसय सात जनाको स्वाब सकलन गर्दा मात्र २ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।