स्वीपरले संक्रमितको स्वास्थ्य जाँच गरेको भिडियो खिच्ने सञ्चारकर्मीमाथि सेनाको धम्की – Madhesh Update

स्वीपरले संक्रमितको स्वास्थ्य जाँच गरेको भिडियो खिच्ने सञ्चारकर्मीमाथि सेनाको धम्की

   August 24, 2020  

धनुषाको नगराइन नगरपालिकास्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा सञ्चालित आइसोलेसनमा अनपढ स्वीपरले कोरोना संक्रमितको स्वास्थ्य जाँच गरिरहेको भिडियो खिच्ने सञ्चारकर्मीलाई धम्की आएको छ ।

संक्रमित भई आइसोसनमा बस्दै आएका जनकपुरका सञ्चारकर्मी राकेश साहलाई भिडियो खिचेको भन्दै आइसोलेसनको निगरानीमा खटिएका सेनाले संक्रमितको शरीरको तापक्रम जाँच्ने स्वीपर राजा मेस्तरमार्फत आइतबार कुटपिट गर्ने धम्की दिएको उनले गुनासो गरेका हुन् ।

सञ्चारकर्मी साहले क्याप्टेनले दिएको धम्की मेस्तरले सुनाउन आएको भिडियोसमेत खिचेका छन् । तर, क्यामेरा अन भएपछि उनले धेरै बोल्न नमानेको साहको भनाइ छ । सम्झाइदिनु, हो हल्ला नगर्न भन्नू नेपालीमै भन्नुभएको रहेछ,’ मार्ने भन्दै हुनुहुन्छ ? संक्रमितको प्रश्नमा स्वीपर मेस्तरले जवाफ दिन्छन्, ‘हो ।’

स्वीपरले कुटपिट गर्नेलगायतका धेरै कुरा सुनाए पनि पूरा भिडियो खिच्न नसकेको साहले बताए ।

‘मलाई मारिदिने भन्दै छन् । म यहाँ धम्कीपछि असुरक्षित महसुस गरिरहेको छु । सीडीयो साुबलाई पनि यो विषयमा जानकारी गराएको छु । यहाँ म सुरक्षित भए पनि बाहिर सेनाले रिसइबी साँध्ने हो कि भन्ने पो डर लाग्न थालेको छ,’ संचारकर्मी साहले गुनासो पोखे ।

यस विषयमा आइसोलेसनका संयोजक सन्तोष ठाकुरसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । तर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यस विषयमा विस्तृत बुझिरहेको र कर्णेललाई स्पष्टीकरण सोध्ने बताए ।