प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

प्रदेश २ मा पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ९ हजार १७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार बारामा ९४ सहित धनुषामा ३, महोत्तरीमा ३, सिरहामा ८, पर्सामा ३५, सर्लाहीमा १०, रौतहटमा २१ र सप्तरीमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका संक्रमितमा १ सय ४१ जना पुरुष र ४४ जना महिला छन् । स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा १८ जना कोरोनामुक्त भएका छन् भने आहिलेसम्म ६२ जनाको मृत्यु भइसकेको छ ।