पार्टी समायोजनका निर्देशिका जसपाद्धारा पारित

जनता समाजवादी पार्टी नेपालका शिर्ष पाच नेताले पार्टी एकिकरण सम्बन्धी समायोजन निर्देशिका पारित गरेको छ । बुधवार अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ती निकालेर पार्टी समायोजन निर्देशिका पारित भएको बताएका छन । गत २१ श्रावण देखि २४ गते सम्म काठमाडौमा बसेको केन्द्रिय कार्यकारणी समितिले समायोजन निर्देशिका सहित अन्य सात एजेन्डाहरु पारित गर्ने अन्तिम जिम्मा शिर्ष पाच नेतालाई दिएको थियो । अध्यक्षद्धय ठाकुर र यादव सगै वरिष्ठ नेताहरु अशोक राई, बाबुराम भटराई र राजेन्द्र महतोले त्यस पछि बैठक गरेर समायोजन निर्देीशका पारित गरेको छ ।
समायोजन निर्देशिका पारित भए संगै जपसा नेपालको अव केन्द्र देखि स्थानिय तह सम्म पार्टी समायोजनको बाटो खुल्ला भएको छ ।
गत १० बैशाखमा तात्कालिन राजपा नेपाल र समाजवादी पार्टी एकिकरण गर्ने सहमती गर्दै जसपा नेपाल नामको नया दल गठन गरेको थियो ।
निर्वाचन आयोगमा अध्यक्षद्धय ठाकुर र यादव सहित तीन वरिष्ठ नेता राख्दै ५१ सदस्यीय केन्द्रिय कार्यकारणी समिति बनाएको जनाउ दिएको दिएको जसपा अव पार्टीको विधान अनुसार संघिय परिषद, केन्द्रिय समिति, केन्द्रिय सचिवालय सहित पदाधिकारीहरुको टुगो लगाउनु पर्ने हुन्छ । त्यस संगै नयां संसदीय दल र प्रदेश देखि जिल्ला, क्षेत्र रस्थानिय तहहरुमा समेत एकिकरण गरेको दुवै घटक मिलाएर नयां सगठनहरु बनाउनु पर्ने हुन्छ ।