कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु – Madhesh Update

कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु

   August 17, 2020  

मोरङ — कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु भएको छ । यो सँगै विराटनगर महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर(८ का ४७ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र ज्वरो आएर आइतबार साँझ अस्पतालमा भर्ना भएका उनको फोक्सोमा समस्या रहेको अस्पतालका प्रमुख डा चुमनलाल दासले बताए ।

यसैबीच विराटनगर महानगरपालिकामा आइतबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै महानगरमा संक्रमितको संख्या ५ सय ९५ पुगेको छ ।