प्रदेश २ मा संक्रमितको संख्या घट्यो – Madhesh Update

प्रदेश २ मा संक्रमितको संख्या घट्यो

   June 19, 2020  

शुक्रबार नौ जनामा मात्र संक्रमण पुष्टि

जनकपुरघाम – प्रदेश २ मा कोरोना संक्रमण पुष्टिको संख्या घटेको छ ।

पछिल्लो २४ घन्टामा जम्मा नौजनामा मात्र कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए । संक्रमण देखिएकोमा दुई महिला र सातजना पुरुष छन् ।
बम

संक्रमित हुनेमा सर्लाहीका पाँच र सप्तरीका चारजना रहेका छन् ।

शुक्रबार भएको नियमित मिडिया ब्रिफिङमा झाले पछिल्लो २४ घन्टामा ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएको झाले जानकारी दिए ।

अहिलेसम्म प्रदेश २ बाट उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या सात सय ४० पुगेको छ ।

प्रदेश २ मा आठ सय ८९ जना आइसोलेसनमा छन् । त्यसैगरी क्वारेन्टाइनमा १० हजार तीन सय १५ र होम क्वारेन्टाइनमा १६ हजार दुई सय ३३ जना रहेको झाले बताए ।

झाका अनुसार प्रदेश २ मा हालसम्म ३६ हजार एक सय ९९ स्वाब संकलन गरिएकोमा २५ हजार नौ सय २४ को नेगेटिभ र २७ सय ९० जनाको पोजेटिभ रिपोर्ट आएको छ ।