कोरोना महामारीको मजाक उडाइँदै मधेशी समाज

कतै डान्सपार्टी त कतै मट्का फोर
कोरोना संक्रमित बढ्दै गएपछि मधेशका अधिकाशं जिल्ला प्रशासनले निषेधआज्ञा जारी गरेका छन । स्वास्थय मन्त्रालयले विहिवार मात्रै घोषणा गरेको ५ ओछा हट जिल्लास्पटमा चार ओटा जिल्ला मधेशका छन । वारा, पर्सा, रौतहट, महोतरी र काठमाडौलाई विहिवार स्वास्थय मन्त्रालयले हटस्पटको संज्ञा दिएको छ । वारा, पर्सा, रौतहट, महोत्री मात्रै होईन कि प्रदेश दुईको सिरहा, सर्लाही, धनुषा र सप्तरीमा पनि कोराना संक्रमण फैलावट तीव्र रुपमा देखिएको छ । यी सबै जिल्लामा स्थानिय प्रशासन र स्थानिय तहहरुले विभिन्न मोडलको लकडाउनहरु गर्दै आम नागरिकलाइ सावधानी अपनाउन आग्रह गरिरहेको छ ।
प्रशासनले चाडपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । तर त्यसविपरीत जिल्लाहरुमा नृत्य कार्यक्रम, मट्का फोर कार्यक्रम गरेर सयौंको भीड जम्मा गर्ने कार्य भइरहेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा विभिन्न गाउँमा बनाइएको प्रतिमा नजिक बुधबार राति नृत्यंगनाहरूलाई ल्याएर नृत्य कार्यक्रम गरिएको छ । बिहिबार भने ुमट्का फोरु कार्यक्रमको नाममा सयौंको भिड जम्मा गरिएको छ ।
सप्तरीको तिलाठी कोईलाडी भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । उक्त पालिका जिल्लामा कोरोनाबाट अति प्रभावित पालिकाको रूपमा देखिएको छ । तर भारतीय सीमासँग टासिएरै वडा नम्बर १ तिलाठीको स्मारक नजिक बिहिबार दिउँसो सयौंको भीड जम्मा भयो ।
कृष्णजन्माटमीको अवसरमा आयोजित मट्का फोर कार्यक्रममा सहभागी हुन र हेर्नका लागि सयौंको भीड जम्मा भएको थियो । न दुरी कायम थियो न त मास्क नै प्रयोग गरिएको थियो । मानिसको भर्याङ बनाएर अग्लो स्थानमा बाँधिएको माटोको भाडो (मट्का) फुटाउन उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
महिला र पुरुष गरी त्यहाँ सयौंको संख्यामा स्थानीय र छिमेकी गाउँका मानिसहरू थिए । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले मट्का फोर कार्यक्रमका लागि कसैलाई अनुमति नदिइएको बताए । कोरोना संक्रमणका बेला मानिस भिडभाड नगर्न आग्रह गरिए पनि कसले भिडभाड गर्यो त्यसको विषयमा बुझिरहेको बताए ।
महदेवा गाउँपालिका ६ मा एकजनाले आफ्नो घरमा श्रीकृष्ण लगायतको भगवानको प्रतिमा बनाएका थिए । ती व्यक्तिले बाहिरबाट नृत्यंगनाहरू बोलाएर बुधबार राति नृत्य कार्यक्रम आयोजना गरेका थिए ।
उक्त कार्यक्रम नृत्य हेर्न सयौंको संख्यामा स्थानीय भेला भएका थिए । त्ययसैगरी राजगढ गाउँपालिकामा पनि बुधबार राति आयोजना गरिएको नृत्य कार्यक्रममा सयौंको संख्यामा स्थानीय भेला भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जिल्लाका विभिन्न ६ स्थानमा बुधबार राति आयोजना गरिएको नृत्य लगायतका भीडभाड हुने कार्यक्रम प्रहरी गएर रोक लगाएको बताए ।
कोरोनाको संक्रमण अत्यधिक रूपमा बढ्न थालेपछि सप्तरी प्रशासनले साउन ८ गतेदेखी राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको थियो ।
संक्रमित बढ्ने क्रम नरोकिएपछि प्रसासनले जिल्लाभरी भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञाको अवधि बढाएको छ । प्रशासनले कृष्णाष्टमी लगायतका कुनैपनि धर्मको कुनैपनि चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी आफनो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउनसमेत अनुरोध गरेको थियो । त्यस विपरित मानिस भिडभाड गर्ने कार्यक्रम आयोजन गर्न थालिएपछि संक्रमण बढ्न सक्ने खतरा भएको छ ।
‘यस्ता गतिविधिले संक्रमणको खतरा थप बढायो,’ जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले भने, ‘यस्तो भिडभाड हुने कार्यक्रम अहिलेको समयमा गर्नु गैर जिम्मेवारीपूर्ण कार्य हो ।’
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्दकुमार ठाकुरले जिल्ला प्रशासन कार्यालय सप्तरीद्धारा निषेधाज्ञाको पूर्ण पालना गराउन सुरक्षा निकायलाई निर्देशन दिइएको तर केही स्थानमा देखिएको भिडबारे आवश्यक जानकारी लिइने बताए ।
सप्तरी जिल्लामा कोरोनाबाट हालसम्म ६ सय १६ जना संक्रमित भइसकेका छन् भने ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
इकान्तिपुरमा राजविराजवाट अवद्येश झाले लेखेको समाचारको आधारमा यो साम्रगी तयार पारिएको छ ।