प्रदेश दुईमा थप १ सय १७ मा कोरोना संक्रमण

शनिवार प्रदेश दुईमा थप १ सय १७ जनामा कोराना संक्रमण देखिएको छ । १८ महिला र ९९ पुरुष सहित ११७ संक्रमित देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ । प्रदेश दुईको धनुषामा १६, महोत्तरीमा १४,पर्सामा ४७, बारामा ७ र सर्लाहीमा ३३ जना नयां संक्रिमत शनिवार देखिएको छ ।
यस अघि शुक्रवार राती पर्सामा एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिएका थिए ।
शुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको थियो ।