लेखापरीक्षक दोहोरो मानसिकता बोकेर मधेसमाआउँछन्- अर्थमन्त्री यादव – Madhesh Update

लेखापरीक्षक दोहोरो मानसिकता बोकेर मधेसमाआउँछन्- अर्थमन्त्री यादव

   August 10, 2023  

मधेस प्रदेशका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले लेखापरीक्षण गर्न प्रदेशमा आउने कर्मचारीहरुले दोहोरो मानसिकता राख्ने गरेको बताएका छन् ।

मधेस प्रदेशमा आउँदा लेखा परीक्षकले बेरुजु ठहर गर्ने गरेको भन्दै उनले महालेखापरीक्षकको कार्यालयले तत्कालै यसलाई सुधार गर्नुपर्ने बताए । एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने गरेको उनको भनाइ छ।