बाढीले मधेशमा धनजनको क्षती, धनुुषमा तीन र सर्लाहीमा दुुई जनाको मृत्यू – Madhesh Update

बाढीले मधेशमा धनजनको क्षती, धनुुषमा तीन र सर्लाहीमा दुुई जनाको मृत्यू

   August 8, 2023  

अविरल वर्षासँगै आएको बाढीले मधेशका जिल्लाहरु प्रभावित भएका छन । सुुख्खा र खडेरीका कारण चिन्नित मधेशका नागरिकहरु बर्ष संगै राहत महसुस गरे पनि आएको बाढीले धनजनको व्यापक क्षती व्योहारोको छ । धनुुषामा नदीमा दाउरा टिप्ने क्रममा नदीले बगाउँदा गणेशमान चारनाथ नगरपालिका वडा नं ७ टरियाका साजन परियार र उनकी श्रीमती माया परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ ।

कमला नदीको ब्यारेजबाट दिउँसो १ बजेको समयमा खोलाले बगाउँदा बेपत्ता उनीहरू अझै नभेटिएको गौतमको भनाइ छ । प्रहरीले उनीहरूको उद्धार कार्य जारी रहेको जनाएको छ । उनीहरूको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लागेको छ ।

यस्तै धनुषामा अविरल वर्षासँगै आएको बाढीले बगाएर पनि एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने अजय कुमार यादवको मृत्यु भएको हो । गाउँ नजिकै रहेको बसही खोलाले बगाउँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिओअक कार्कीले जानकारी दिए ।

मंगलवार विहान शौच गर्न गएका उनलाई खुट्टा चिप्लिएर बाढीले बगाएको प्रहरीले जनाएको छ । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा पुर्‍याएपनि उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरि सर्लाहीस्थित वाग्मती नदी र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । नदीमा फसेको दुई जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीमा आएको बाढीले बगाउँदा रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको मृत्यु भएको हो । भाट मंगलबार बिहान सर्लाहीको राजघाटस्थित खेतमा काम गर्न आएको बेला बाढीको चपेटामा परेका थिए । भाट खेतमा काम सकेर समनपुर घाटमा रहेको पुलमा पुग्न खोज्दा बाढीले बगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मानिस बगाएको देखेपछि स्थानीयले तत्काल उद्धार गरे पनि उनी गम्भीर घाइते बनेका थिए । भाटको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

यस्तै सर्लाही महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ । सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।