भोली सकिदै जसपा कार्यकारणी बैठक
जनता समाजवादी पार्टीको कार्यकारणी समितिमा आज समायोजन निर्देशिका माथी छलफल भएको छ । सात ओटा एजेन्डाहरु प्रस्तुत गरिएको जसपाको पहिलो कार्यकारणी समिति बैठकमा भोली कार्यविभाजन सहित अन्य एजेन्डा माथी छलफल हुने र भोली नै बैठक सकिने तयारी भइरहेको जसपाका नेताहरुले बताएका छन । आजको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको संगठनको वारेमा जानकारी गराएका थिए । त्यस पछि समायोजन निर्देशिका माथी छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए ।
नेता कर्णका अनुसार शुक्रवारको बैठकमा समायोजन निर्देशिका संगै पार्टीको आचाररण र व्यहवार सम्बन्धी आचार संहित माथी समेत छलफल भएको छ । सात ओटा एजेन्डामा समायोजन निर्देशिका र पार्टीको कार्यविभाजन महत्वपुर्ण मानिएको छ । नेता कर्णले बैठक धेरै नलम्बयाउन र भोली सकिने गरि तयारी भइरहेको बताए । उनले भोली कार्यविभाजन सहित अन्य वाकी एजेन्डा माथी छलफल भएर बैठक सकिने बताए ।
हिजो विहिवार पार्टीका अध्यक्ष महन्थ ठाकुर अनुपस्थित भए पछि एजेन्डा माथी छलफल हुन सकेको थिएन । ठाकुर विहिवार बैठकमा स्वास्थयका कारण अनुपस्थित भए पछि अर्का अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा बाबुराम भटराईले नेपालको वर्तमान राजनितीक अवस्था र लोकतान्त्रिक समाजवादको वारेमा आ आफनो प्रस्तुती दिएका थिए ।