महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले महोत्तरीस्थित सम्सी गाउँपालिकाका लेखापाल रौशनकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उक्त गाउँपालिका–५ मा कोभिड–१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्नपश्चात भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको अरोप राउतविरुद्ध छ ।
आयोगको बर्दिबासस्थित शाखाले राउतलाई सेवाग्राहीबाट एक लाख २५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा सम्सी गाउँपालिका–५ का लेखापाल राउतले सेवाग्राहीसँग घुस मागेका थिए । राउतको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिए ।