पर्सामा गाँजासहित १ पक्राउ – Madhesh Update

पर्सामा गाँजासहित १ पक्राउ

   July 11, 2023  

प्रहरीले पर्साको पोखरिया नगरपालिका–९ सेमरबारीबाट लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–५ का ३२ वर्षीय बृजकिशोर पासवान छन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको चेकिङ टोलीले शनिबार साँझ साढे ४ बजेतिर १२ किलो लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका पासवानलाई रोकी उनको तलासी लिँदा उनले बोकेको झोलाभित्र उक्त परिमाणमा गाँजा फेला परेको थियो । पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।