महिनौ सम्म मधेस सरकार अपूर्ण – Madhesh Update

महिनौ सम्म मधेस सरकार अपूर्ण

   July 5, 2023  

पुषको अन्तिम हप्तामा मधेस सरकारको मुख्यमन्त्री बनेका जसपाका सरोज यादवले आफनो नेतृत्वको मन्त्रीपरिषद पुर्णता दिन सकेको छैन । एमाले मधेश सरकार वाट बाहिरिएको करिब तीन महिना पुगेको छ । गत चैत २१ गते सरकारबाट एमाले बाहिरिएसँगै मधेस प्रदेश सरकारका चार वटा मन्त्रालय मन्त्रीविहीन छन् । यस्तै केही मन्त्री बिना विभागीय भएर बसेका छन् ।

यसबीचमा प्रदेश सरकारलाई पूर्णता दिने सवालमा सत्ता गठबन्धनले चासो देखाएको छैन । बजेट निर्माणमा समेत विभिन्न मन्त्रालयमा मन्त्री नहुँदा समस्या भएको थियो ।

जसपा नेतृत्वको प्रदेश सरकारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी सामेल छन् ।

मुख्यमन्त्री सरोकुमार यादवले गत जेठ ११ गते भौतिक तथा पूर्वाधार मन्त्रीमा कांग्रेससका कृष्ण प्रसाद यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा वीरेन्द्र प्रसाद सिंह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई नियुक्त गरेका थिए ।

तर मन्त्रालय समायोजन तथा नाम हेरफेर हुँदा सामाजिक विकास मन्त्री सुरिता कुमारी साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका जनमतका बसन्त कुमार कुशवाहालाई बिना विभागीय मन्त्री बनाइयो ।

मन्त्री साह र कुशवाहा मात्रै होइन, जसपाबाटै सामाजिक विकास राज्यमन्त्री रहेका शेख अब्दुल कलाम आजाद र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जयकुमार यादव पनि अहिले बिना विभागीय छन् । उनीहरूको विभाग कहिले तोकिने भन्ने अझै टुङ्गो लागेको छैन ।