सप्तरीमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ – Madhesh Update

सप्तरीमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

   July 5, 2023  

आफ्नै श्रीमतीको ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सप्तरी सम्भुनाथ नगरपालिका ५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेको र तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।