एमाले मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते जनकपुरमा हुने – Madhesh Update

एमाले मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते जनकपुरमा हुने

   July 4, 2023  

नेकपा एमाले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय भएको छ । एमालेका मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सोमवार महोत्तरीको बर्दीवासमा भएको प्रदेश कमिटीको पुर्ण बैठकले पार्टीको प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ ।

वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय पनि गरेको छ ।

जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ । वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गरेका थिए ।

वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।