रौतहटमा विद्युतीय ट्रान्सफर्म चोरी गरेको आरोपमा ४ जना पक्राउ

विद्युतीय ट्रान्सफर्म र तार चोरी गरेको आरोपमा रौतहटमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय अशोक साह, ४६ वर्षीय रामलाल महतो, ३६ वर्षका विरेन्द्र राय र ३७ वर्षका सुखल महतो रहेका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
उनीहरुले रौतहट जिल्लाका विभिन्न स्थानका खुल्ला तथा एकान्त ठाउँमा जडान रहेका ट्रान्सफर्मरहरु आर्थिक लाभ लिने उद्देश्यले चोरी गरेको प्रहरीको आरोप छ ।