मधेस प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
आइतबार राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाले यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।