जसपाको कर्मकाण्डी विधान अधिवेशन – बिधान आएन, नेतृत्वको तीव्र आलोचना

जनता समाजवादी पार्टी नेपाल (जसपा) को विधान अधिवेशन सम्पन्न भएको छ । सम्पन्न विधान अधिवेशनले जसपाको विधान अनुमोदन गरेको छैन । वरु आफनो अनुकुल विधान बनाउनका लागी जसपा अध्यक्ष उपेन्द्र यादवले ६ सदस्यीय समिति बनाएको छ ।
असार १० देखि सुरु भएको ३ दिने विधान अधिवेशनमा जसपा अध्यक्ष यादवले विधान मस्यौदा पेश गरेका थिए । तर सहभागीहरुले पार्टीको नेतृत्वको तीव्र आलोचना गरे पछि जसपा नेतृत्वले अधिवेशावाट विधान सम्म अनुमोदन गराउन सकेका छैन ।
विधान मस्यौदामाथि छलफलका लागि विभिन्न १० वटा समूह बनाइएको थियो । सो समूहले सोमवार दिनभर विधानमाथि छलफल गरेको थियो । छलफलपछि मंगलवार ती समूहमध्येका एक–एक जना गरी १० जनाले आआफ्नो समूहमा उठेको बुँदामा ब्रिफिङ गरेका थिए ।
बिफिंगका क्रममा नेताहरु विधानका कुराहरु संगै पार्टी नेतृत्वको तीवै आलोचना गरेको र समाजवादी मोर्चाको नाममा पार्टीलाई कम्युनिष्टकरण गरेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवको तीव्र आलोचना गरेका थिए ।
त्यस पछि नेतृत्वले अधिवेशनमा उठेका विषयवस्तुलाई विधानमा समावेश गर्ने, नगर्ने विषयमा छलफलका लागि ६ सदस्यीय समिति बनाएका छन । जुन समिति जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको छ । समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरु रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेन्द्र झा रहेका छन् ।
समितिले विधानलाई अन्तिम रुप दिई प्रमाणीकरण गरेपछि मात्र कार्यान्वयनमा आउने प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए । समितिले प्रमाणीकरण नगरेसम्म विधान कार्यान्वयनमा आउने छैन ।