सिराहामा खानेपानी संस्थाका सुरक्षा गार्डको हत्या

सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव फेला परेको हो। वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुर्मीको हत्या भएको हो।
संस्थाको कम्पाउन्डभित्र उनको शव फेला परेको हो। घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको हो।
हतियार भने फेला नपरेको डिएसपी बस्नेतले बताए।
उनी त्यस संस्थामा विगत ६ महिनादेखि कार्यरत थिए। बिहान संस्थामा पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।
घटनास्थलबाट मुचुल्काको काम सकेर पोष्टमर्टमको लागि शव मिर्चैया अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।