मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ – महन्थ ठाकुर – Madhesh Update

मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ – महन्थ ठाकुर

   June 23, 2023  

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस अपहेलित, उपेक्षित र दयनीय अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति संवेदनशील बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, “सीता, जनक र गौतम बुद्धको जन्मभूमि मधेस आज अपहेलित, उपेक्षित र दयनीय अवस्थामा छ । बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य छन् ।” उनले नागरिकताको विषय, लोकतान्त्रिक मधेस आन्दोलन र सीमा विवादका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।