स्रोत नखुलेको नगदसहित सर्लाहीको मलंगवामा दुई जना पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-४ बस्ने ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।
मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एस २०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।