मधेस प्रदेशमा प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा कम (आर्थिक सर्वेक्षणको पूर्णपाठसहित) – Madhesh Update

मधेस प्रदेशमा प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा कम (आर्थिक सर्वेक्षणको पूर्णपाठसहित)

   June 15, 2023  

मधेस प्रदेशको प्रति व्यक्ति आय सबैभन्दा कम रहेको छ । मधेस प्रदेश सरकारले आज प्रदेशसभाको बैठकमा पहिलो पटक प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशको प्रति व्यक्ति आय अन्य सबै प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ ।

नेपालको प्रति व्यक्ति आय, आर्थिक सर्वेक्षणले चालु आव २०७९/२०८० मा १,३९९ अमेरिकी डलर रहने अनुमान गरिएको छ छ । तर, केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आवमा मधेस प्रदेशको प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन ८७५ डलर हुने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सरकारको तर्फबाट अर्थमन्त्री संजयकुमार यादवले प्रस्तुत गरेको सर्वेक्षणमा समग्र प्रदेशको आर्थिक सामाजिक अवस्थाको वास्तविक चित्रण गरिएको छ ।

उनले सर्वेक्षणमा मधेस प्रदेशको आर्थिक स्थिति, सार्वजनिक वित्तको अवस्था, कृषि, वन, गरिबी निवारण, श्रम, रोजगार, ऊर्जा, सिँचाई, सञ्चार, उद्योग, वाणिज्य, जनसंख्या, शिक्षा, स्वास्थ्य, सुशासन लगायतका क्षेत्रगत विकासको अवस्था, आर्थिक–सामाजिक सूचक एवं परिसूचकको तथ्याङ्कलाई विश्लेषण गर्ने प्रयास गरिएको बताए ।

अर्थमन्त्री यादवले प्रस्तुत गरेको सर्वेक्षणमा भनिएको छ, कोभिड–१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिक रूपले सुधारोन्मुख हुँदै गए पनि रुस–युक्रेन युद्धले बस्तुको मूल्यमा तीव्र वृद्धि भई विश्व मुद्रास्फितिमा परेको दबाबले अर्थतन्त्र संकुचनमा छ । यसको प्रभाव मधेस प्रदेशमा पनि परेको देखिन्छ ।

खास गरी, मधेस प्रदेशको उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र, थोक–खुद्रा व्यापार तथा गाडी मोटरसाइकल सेवा क्षेत्र, यातायात र भण्डारण क्षेत्रमा वृद्धि दर यस चालु आव २०७९/२०८० मा ऋणात्मक रहने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

आर्थिक सर्वेक्षणको पूर्णपाठ-

https://drive.google.com/file/d/1u_M9WAG6Wvu1wac3ubiiw7INhJN5xOH5/view