जपसा नेपालको बैठक आज देखि सुरु – Madhesh Update

जपसा नेपालको बैठक आज देखि सुरु

   August 5, 2020  

जनता समाजवादी पार्टी, नेपालको पहिलो कार्यकारणी समितिको बैठक बुधवार देखि सुरु भएको छ । पार्टी एकिकरण पछि सुरु भएको बैठकमा वुधवार ७ ओटा एजेन्डाहरु प्रस्तुत गरिएको छ । काठमाडौको बालकुमारी स्थित पार्टी कार्यलय नजिकै एउटा सभाहलमा सुरु भएको जसपाको बैठकको पहिलो दिनमा नेताहरुको परिचयात्मक कार्यक्रम मात्रै भएको र अध्यक्षद्धय एजेन्डा मात्रै प्रस्तुत गरेका छन ।

विहिवार पुन बस्ने बैठकमा नेताहरुले ७ ओटै एजेन्डा माथी आ आफनो राय दिने कार्यक्रम छ ।

बैठकको पहिलो एजेन्डाको रुपमा पार्टी समायोजन सम्बन्धी निर्देशिका पारित गर्नु पर्ने छ । पार्टीका नेताहरु लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ सुक्ला,राजेन्द्र श्रेष्ठ र नवराज सुवेदीले तयार पारेको समायोजन निर्देशिका पारित भए पछि जसपाको केन्द्र देखि वडा तह सम्मको पार्टी संरचना समायोजन गर्ने वाटो खुल्ला हुनेछ ।

समायोजन निर्देशिकाले मंसीर सम्ममा पार्टीको केन्द्र देखि तल सम्मकोसबै समायोजनको काम सकाउन भनेको छ ।

त्यसैगरि जसपाको यो बैठकमा समायोजन निर्देशिका संगै आचार एवम व्यहवार सम्बन्धी आचार संहिता, वर्तमान परिस्थती र जसपाको दायित्व, कार्यकारी समितिको कार्यविभाजन, संगठनात्मक कार्य योजना, समसमायीक प्रस्ताव र प्रकाशन सम्बन्धमा छलफल हुने छ ।