मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन – Madhesh Update

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन

   June 8, 2023  

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । झण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा। साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन विनोद यादवले जानकारी दिए ।

काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । उनी एक चर्चित तथा अनुभवी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ थिए ।