जनयुद्धका शहीद परिवारहरुद्धारा मधेशको गृह, सञ्चार मन्त्रालय घेराउ – Madhesh Update

जनयुद्धका शहीद परिवारहरुद्धारा मधेशको गृह, सञ्चार मन्त्रालय घेराउ

   June 7, 2023  

जनयुद्धका शहीद परिवारले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । सरकारको मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै उनीहरुले मन्त्रालय घराउ गरेका हुन् ।

मधेशका विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन माग गरेका छन् ।

मधेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तामा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

प्रतिष्ठानले तीन वर्षसम्म एक एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन् ।

सरकारले गत फाल्गुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ। तर शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनुपर्ने माग गरेका छन् ।

शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सोकाम सरकारको भएको शहीद परिवारका सदस्य राजु महतोको भनाइ छ ।

असार मसान्तभित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता शहीद परिवारलाई छ ।