बारामा आफ्नै शिशुको हत्या गरेको आरोपमा काठमाडौबाट एक जना पक्राउ

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
१४ दिनका छोराको हत्या गरी अन्सारी फरार भएको भन्दै खोजतलासाका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट पत्रचार भएको र त्यसकै आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको चन्द्रागिरिबाट चन्द्रागिरी नगरपालिका ढुंगेअड्डा पिपलबोट पक्रेको रेग्मीले बताए ।
पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बारा पठाइएको छ ।