नागरिकता विद्येयक प्रमाणीकरणको मधेशी नेताहरुद्धारा स्वागत – Madhesh Update

नागरिकता विद्येयक प्रमाणीकरणको मधेशी नेताहरुद्धारा स्वागत

   June 1, 2023  

राष्टपति रामचन्द्र पौडेलले बुधवार नागरिता विद्येयक प्रमाणीकरण गरे पछि मधेशम खुशयाली मनाईरह्दा मधेश केन्द्रित नेताहरु पनि त्यसलाई स्वागत गरेको छ । लामो समय देखि नागरिकता समस्याका कारण मधेशमा नागरिकहरु नागरिकता बनाउन वाट बन्चित हुदै आएका थिए ।

तर राष्टपति पौडेलले बुधवार प्रमाणीकरण गरेको नागरिकता विद्येयक संगै अव यो समस्या समाधान हुने जनाइएको छ ।

जसलाई जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुुर र जनमत पार्टीका अध्यक्ष सिके राउतले स्वागत गरेका छन । यादवले विद्येयक प्रमाणीकरण भए संगै अव नागरिकता समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन ।

यस्तै लोसपा अध्यक्ष ठाकुरले पनि विगत लामो सम देखि समस्याको रुपमा रहेको नागरिकता समस्या अव विद्येयक आए संगै समाधान हुने जनाएका छन । त्यसैगरि जनमत पार्टीका अध्यक्ष राउतले पनि विद्येयक प्रमाणीकरणलाई साकारात्मक भनेका छन ।