जसपाको विधान अधिवेशन असार १० गते, संशोधित विधान मस्यौदा पारित – Madhesh Update

जसपाको विधान अधिवेशन असार १० गते, संशोधित विधान मस्यौदा पारित

   May 28, 2023  

जनता समाजवादी पार्टीको विधान अधिवेशन पुनः सरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले असार ९ मा तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको हो। सभा हलको व्यवस्थापन मिलाउनुपर्ने भएका कारण विधान अधिवेशन एक दिनका लागि सारिएको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।

सो पार्टीको विधान अधिवेशन तेस्रो पटक सरेको हो ।

आइतबारको बैठकले संशोधन विधान मस्यौदा पारित गर्दै त्यसलाई राजनीतिक समितिमा पठाएको छ ।

राजनीति समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने जनाइएको छ । विधान मस्यौदालाई राजनीतिक र केन्द्रीय समितिबाट पारित गरी अधिवेशनमा लगिने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।