विधान अधिवेशनबारे छलफल गर्न जसपाको बैठक आइतबार बस्ने – Madhesh Update

विधान अधिवेशनबारे छलफल गर्न जसपाको बैठक आइतबार बस्ने

   May 26, 2023  

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो ।

जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचीमा छलफल हुनेछ ।

जसपाले यस अघि दुुइ पटक पार्टीको विधान अधिवेशनको मिती घोषणा गरेर अधिवेशन गर्न सकेको छैन । अव जसपाले असारमा पार्टीको विधान अधिवेशन गर्ने जनाएको छ ।