उद्योगी व्यवसायीलाई मन्त्री बनाएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवको आलोचना – Madhesh Update

उद्योगी व्यवसायीलाई मन्त्री बनाएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवको आलोचना

   May 24, 2023  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघिय सरकारमा वन मन्त्रीको रुपमा पार्टीका समर्पित नेतालाई मौका नदिएर व्यवसायी पृष्टभुमिका विरेन्द्र महतोलाई मन्त्री बनाएकोमा आलोचना भइरहेको छ । यादवले महतोलाई वनमन्त्री बनाए पछि जसपा भित्रै असन्तुष्टि चुलिएको छ ।

उपनिर्वाचन अघि यादवले पार्टीमा प्रदीप यादव राजकिशोर यादव देखि नवलकिशोर साह सम्मलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । तर यादवले व्यावारी महतोलाई मंगलवार मन्त्री बनाउन सिफारिस गरेका थिए ।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले वुधवार पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

प्रधानमन्त्रीले हिजो मंगलबार जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।