रौतहटको माधवनारायण नगरका भवन निर्माणका लागि मेयरद्वारा १ करोडको जग्गा दान – Madhesh Update

रौतहटको माधवनारायण नगरका भवन निर्माणका लागि मेयरद्वारा १ करोडको जग्गा दान

   May 24, 2023  

रौतहटको माधवनारायण नगरपालिकामा मेयरद्धारा १ करोड मूल्य बराबरको जग्गा दान

मेयर यादवले नगरपालिका भवन निर्माणका लागि १ करोड बराबरको ५कठ्ठा जग्गा दिएका हुन् ।
चुनावी प्रतिबद्धताअनुसार मेयर यादवले आफ्नो नाउँमा दर्ता कायम रहेको उक्त जग्गा माधव नारायण नगरपालिकाकाको नाउँमा बुधवार रजिस्ट्रेसन पारित गरेका छन् ।

मेयर यादवको नाउँमा रहेको माधवनारायण–३ को ५ कठ्ठा जग्गा नगरपालिकाको नाउँमा निःशुल्क दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए । गत स्थानीय निर्वाचनमा आफू विजयी भएमा माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका थिए, जुन पुरा गरेका छन् ।