जसपा नेपालको प्रशिक्षण र बैठक भोली देखि सुरु हुदै – Madhesh Update

जसपा नेपालको प्रशिक्षण र बैठक भोली देखि सुरु हुदै

   August 4, 2020  

पार्टी एकिकरण पछि जसपा नेपालको केन्द्रिय कार्यकारणी समितिको प्रशिक्षण र बैठक भोली देखि सुरु हुदै छ । केन्द्रिय कार्यलय बालकुमारीमा भोली देखि शुक्रवार सम्म कार्यकारणी समितिमा रहेका ५३ जनलाई प्रशिक्षण दिइने छ भने त्यर पछि शनिवार र आइतवार बैठक बस्ने छ । पहिलो बैठकले जसपाको केन्द्र देखी स्थानियतह सम्म कसरी पार्टी समायोजन गर्ने भन्ने निर्देशिका पारित गर्ने कार्यक्रम छ ।

गत १० बैशाखमा राजपा र समाजवादी पार्टीले एकिकरण गर्ने सहमती गर्दै जसपा नेपाल गठन गरेको थियो । त्यस पछि दर्ता प्रक्रियामा अल्झेको जसपा कोराना संक्रमणका कारण पार्टीको कामहरु बढाउन नसकेको बताएका छन ।

समायोजनको काम जसपाले मंसीर सम्ममा टुग्याउने गरि निर्देशिका बनाएको छ ।