जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता – Madhesh Update

जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

   May 21, 2023  

जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ ।

पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल आइसकेपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्किएको हो ।

एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवतरण गर्न नसकेपछि जहाज फर्किएको छ । उनका अनुसार पहिलो पटक खराब मौसमका कारण र दोस्रो पटक रनवेमा स्याल आएपछि जहाज फर्केको हो ।