मधेशमा कांग्रेस सांसदको माग- मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने – Madhesh Update

मधेशमा कांग्रेस सांसदको माग- मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने

   May 16, 2023  

मधेश प्रदेशमा नेपाली कांग्रेसका सांसद जंगीलाल रायले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन आग्रह गरेका छन् ।

मंगलबार बसेको मधेस प्रदेशसभाको बैठकमा बोल्दै सांसद रायले एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने बताए ।

संविधानको व्यवस्था अनुसार मुख्यमन्त्रीले चाँडोभन्दा चाँडो विश्वासको मत लिनुपर्ने उनले आग्रह गरेका हुन् ।
सांसद रायले कांग्रेसले सरकारको गुण र दोषका आधारमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।