एमालेले मधेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज यादवले जानकारी दिए ।
२७ पुसमा एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री बनेका थिए । सरकारमा चार मन्त्रालयसहित एमाले सहभागी बनेको थियो ।
केन्द्रमा समिकरण फेरिएपछि गत चैत २२ गते मुख्यमन्त्रीको दबाबमा एमालेका मधेश सरकारका चार मन्त्रीले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका थिए ।तर समर्थन फिर्ता लिएको थिएन ।मधेशमा एमाले २३ सांसदसहित पहिलो दल हो ।