संसदीय दलको नेता बनेर सरकारमा उपप्रधानमन्त्री बन्दै उपेन्द्र यादव – Madhesh Update

संसदीय दलको नेता बनेर सरकारमा उपप्रधानमन्त्री बन्दै उपेन्द्र यादव

   May 12, 2023  

उपनिर्वाचनवाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका जसपा अध्यक्ष उपेन्द्र यादव संसदीइ दलको नेता बन्न लागेका छन । यस अघि गएको ४ मंसीरमा यादव पराजित भए पछि उनले अहिलेका उपराष्टपति रामसहाय यादवलाई दलको नेता बनाएका थिए । यादव उपराष्टपति बने पछि यादव उनकै निर्वाचन क्षेत्र बारा दुुईवाट जितेर प्रतिनिधीसभामा छिरेका छन । प्रतिनिधीसभामा छिरे पछि यादव आफै संसदीय दलको नेता बन्न लागेका छन ।

जसपाको हालै भएको कार्यकारणी समिति बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ। समितिमा मिथिलेशकुमार सिंह, अर्जुन थापा र दीपेन्द्र झा रहेका छन्। यस अघि पनि जसपाले दलको नेता छान्न यस्तै समिति बनाएका थिए । तर यादवको चलखेल पछि अन्न्तह त्यतीवेला सर्वसम्म्म मै दलको नेता चयन भएको थियो । अहिले पनि समिति बने पनि जसपा अध्यक्ष यादव आफै सर्वसम्मत दलको नेता बन्ने लगभग निश्चित जस्तै छ ।

यादव दलको नेतामा चयन भए पछि सरकारमा समेत उपप्रधानमन्त्री सहित बनमन्त्री बन्ने छन । जसपाका लागी केन्द्रिय सरकारमा दुुई मन्त्रालय छुुटाएर राखिएको छ । जस मध्ये यादवले अहिले सम्म एक मन्त्री मात्र बनाएका छन । जसपाको भागमा परेको शिक्षा र वन मन्त्रालय मध्ये शिक्षामन्त्रीको रुपमा जसपाले अशोक राईलाई मन्त्रीपरिषदमा पठाईसकेका छन भने खाली राखेको वनमन्त्री यादव आफै बन्न लागेका छन ।