सर्लाहीमा जिल्ला प्रशासनको सेवा तीन दिनदेखि अवरुद्ध हुँदा नागरिकलाई सास्ती

विगत तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन्। गएको मंगलबारबाट अवरुद्ध भएको सेवा भोलि ९शुक्रबार०बाट भने सूचारु हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
प्रशासन कार्यालयले सूचना जारी गरेर विगत तीन दिनदेखि अवरुद्ध सेवा भोलि (शुक्रबार) बाट सञ्चालन हुने जानकारी गराएको हो।
भोलि उभौलि पर्वको सार्वजनिक बिदा परेपनि जिल्ला प्रशासन कार्यालयको सेवा भने सुचारु रहने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
सरकारको निर्णय अनुसार विगत केही समययता पर्व विदामा पनि नागरिकका अत्यावश्यक कामसँग जोडिएको सरकारी कार्यालय सञ्चालन हुँदै आएका छन्।