सहिद रमेश महतो चौकमा भानुभक्त आचार्यको सालिक बनाउन थाले पछि युवाहरुद्धारा जनकपुरका मेयरको विरोध
जनकपुरधाममा सहिद रमेश महतो चौकमा नेपालका आदीकवी भानुुभक्त आचार्यको सालिक निर्माण गर्न थाले पछि स्थानिय यसवाहरु आन्दोलित भएका छन । युवाहरु जनकपुरका मेयर मनोज साहको फोटो समेत जलाएका छन् ।
विगतमा भानुचोकको नामले चिनेने जनकपुरको यो चौक मधेश आन्दोलन यता सहि रमेश महतोको नामले चिनिन्थे ।
उनीहरुले त्याहा सहिद रमेश महतोको सालिक निर्माण गरी चोकको नामकरण पनि सहिदकै नामबाट हुनुपर्ने माग राख्दै शुक्रबारदेखि आन्दोलन गर्दै आएका थिए ।
आफ्ना मागप्रति मेयरले बेवास्ता गरेको भन्दै उनीहरुले थप आन्दोलन घोषणा गर्दै मेयरको तस्बिर जलाएका हुन् । मेयर साहले शनिबार आन्दोलनरत युवाहरुको विरोधका बाबजुद भानुभक्तको सालिक शिलान्यास गरेका थिए । तर, निर्माण कार्य प्रारम्भ गर्न छलफलका लागि सर्वदलीय बैठक बोलाउने भनिए पनि बैठक नबसेपछि युवाहरु सशक्त आन्दोलनमा जुटेका हुन् ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव बलिराम कापडीले थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
घोषित आन्दोलन कार्यक्रम अन्तर्गत पहिलो दिन आज उपमहानगरका मेयरको तस्बिर तथा पुत्ला दहन, दोस्रो दिन सहिद रमेश महतोको सम्झनामा दीप प्रज्ज्वलन तथा आदिकवि भानुभक्त आचार्यको सालिक राख्न खनिएको खाल्डो पुर्ने, तेस्रो दिन अन्तरक्रिया, चौथो दिन धर्ना कार्यक्रम, पाँचौं दिन मोर्चा आवद्ध दलद्वारा आ–आफ्ना पार्टीका नेता कार्यकर्ता परिचालन गर्न अनुरोध गर्ने तथा छैटौं दिन दोस्रो चरणको आन्दोलन घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।